Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘दुई सदस्य पदमुक्त नभएसम्म लुम्बिनी प्रदेशसभा चल्न दिदैनौँ’


    सोमबार, भाद्र ७ २०७८
    835
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • रुपन्देही । नेकपा (एमाले) ले आफ्नो पार्टीले कारवाही गरेका प्रदेशसभाका दुई जना सदस्य पदमुक्त भएको सूचना नदिँदासम्म बैठक चल्न नदिने बताएको छ ।

    आज सभामुख पूर्णबहादुर घर्तीलाई भेटेर माग पूरा नभएसम्म प्रदेशसभा बैठक चल्न नदिने माग दोर्‍याएको हो । सभामुखले पठाएको पत्रको प्रतिक्रियास्वरुप फेरि अर्को पत्र बुझाएको एमाले लुम्बिनीका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए । सभामुखले पठाएको पत्र आचरणविपरीत छ भनेर ध्यानाकर्षण गराउन फेरि पत्र बुझाएको र दुई सदस्यलाई कारवाही गर्नुपर्ने अडान यथावत् राखेको उनले बताए ।

    यसअघि भदौ १ गते एमालेले सभामुखलाई पत्र बुझाउँदै प्रदेश सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई कारवाही गरिएको सूचना दिन माग गरेको थियो । सभामुखले भनिन्, ‘कारवाही गर्न नमिल्ने जवाफ फर्काउनुभएको थियो । सभामुखको प्रतिक्रियापछि एमालेले दोस्रो पत्र बुझाएको हो ।’

    भदौ १ गतेदेखि नवौँ अधिवेशन शुरु भए पनि विपक्षी दल एमालेले लगातार अवरुद्ध गर्दै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार