Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • पौडेल पक्ष आन्तरकि छलफलमा, सहमतिमै सभापतिको उम्मेदवार तयार गर्ने तयारी


    सोमबार, भाद्र ७ २०७८
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं ।  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु सोमबार विहान पौने ९ बजेबाट छलफलमा जुटेका छन् ।

    नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायत नेताहरूबीच बत्तीसपुतलीस्थित अनुपम फुडल्याडमा  छलफल भइरहेको छ ।

    ‘सभापतिमा उठ्ने आकांक्षीबीच छलफल भएको छ,’ स्रोतले भन्यो, ‘पौडेल पक्षबाट सहमतिमै सभापतिमा एक जना मात्रै उठ्ने र क्रियाशील सदस्यतालगायतमा देखा परेका विवाद समयमै हल गर्न दवाव दिन छलफल जारी छ।’

    पौडेलसहित उनी पक्षका नेताहरू महामन्त्री कोइराला, पूर्वमहामन्त्री सिंह, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्य रामशरण महत पनि सभापतिका लागि आकांक्षी छन् ।

    कांग्रेसले भदौ १८ गते वडा अधिवेशन गर्दैछ । मंसिर ९ देखि १४ औं महाधिवेशन हुँदैछ । अधिवेशनहरू सुरू हुन लागेकोले अब केन्द्रीय नेतृत्व र पदाधिकारीलगायत टिम बनाएर अगाडि बढ्नुपर्नेमा पौडेलसहित नेताहरू छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार