Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सूर्य थापा भन्छन्: १० बुँदे कार्यान्वयन भइसक्यो, अल्टिमेटमका कुरा बेकार हुन्


    आइतबार, भाद्र ६ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सुर्खेत । नेकपा एमालेकाे पार्टी प्रचार विभागका उपप्रमुख सूर्य थापाले एमाले एकताको आधार भनेर कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वयनमा गइसकेको बताएका छन् ।

    प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले कार्यदलको सहमतिलाई कार्यान्वयनमा लिइसकेकाे बताउँदै अहिले पनि दश बुँदे कार्यान्वयन नभएको भन्दै अल्टिमेटम दिनु बेकार भएकाे बताएक हुन् ।

    ‘पार्टी २०७५ जेठ ३ अघिको अवस्थामा पुगिसकेको छ । यी प्रस्तावहरू पार्टीलाई बलियो, एकताबद्ध बनाउने नभइ त्यसभित्र खेल्ने मनसायका साथ आएको छ’, थापाले भने ।

    नेकपा एमाले कर्णाली प्रदेशका अध्यक्ष गोरख बोगटीले १० बुँदे कार्यान्वयनमा गइसकेको बताउँदै एकताबद्ध एमाले बनाउन सबैलाई आव्हान गरे । ‘अहिले हामीले बाँकी रहेका साथीहरूलाई आउन आव्हान गरिरहेका छौं । उहाँहरू नआए पार्टी चुप लागेर बस्ने अवस्था छैन । केही दिनमा नै पार्टीका विभागहरूलाई पूर्णता दिने, अभियानहरू चलाउने काममा हामी सहभागी हुन्छौं ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार