Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेकपा एकीकृत निकट युवासंघले गर्यो त्रिभुवन बिश्वबिद्यालय सफाइ


    शनिबार, भाद्र ५ २०७८
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) निकटको युवा संघ नेपालले आज त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा सरसफाई गरेको छ ।

    युवा संघले ‘महिनामा २ दिनः २ घण्टा मेरो, राष्ट्रका लागि’ भन्ने अभियान अन्तरगत सरसफाई कार्यक्रम गरिएको हो । युवा संघका उपमहासचिव एवं पिपुल्स भोलेन्टियरका इन्चार्ज सन्जिप राईको नेतृत्वमा त्रिभुवन विश्वबिद्यालयमा सरसफाई गरिएको छ ।

    सरसफाई कार्यक्रममा संघका अध्यक्ष नरेश शाही, त्रिभुवन विश्वविद्यालयका चिफ ध्यानेन्द्र राई लगायतको बिशेष सहभागिता रहेको थियो ।

    यस अघि युवा संघको पिपुल्स भोलेन्टियरले टिचिङ अस्पतालमा सरसफाई गरेको थियो । युवा संघले शुरु गरेको यो अभियान निरन्तर जारी रहने राईले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार