काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारमा प्रमुख प्रतिपक्षी एमालेबाहेकका सबै शक्ति समेटिने भएका छन् । निर्वाचन आयोगमा दर्ता भएका माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकु नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी पनि सरकारमा सहभागी हुने भएका छन् ।
आयोगले नयाँ दललाई मान्यता दिए आफूहरू सरकारमा जान सकारात्मक रहेको लोसपाका नेताहरुले बताएका छन् । लोसपाका बरिष्ठ नेता शरतसिंह भण्डारीले माग र मुद्दाका आधारमा वर्तमान सरकारसँग सहकार्य गर्न सकिने बताएका छन् ।
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत त सरकारमा सहभागी हुने निश्चित प्रायः छ । माधव नेपालकै सिफारिसमा यादवचन्न्द्र शर्मालाई बागमती प्रदेशको प्रदेश प्रमुख बनाइसकिएको छ । नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा निरन्जन झा नियुक्त भइसकेका छन् ।
नेकपा माओवादी केन्द्र सरकारमा सहभागी भइसकेको छ । उपेन्द्र यादव नेतृत्वको जसपा पनि सरकारमा सहभागी हुने तय भइसकेको छ । नेकपा एकीकृत समाजवादी र लोसपा पनि सरकारमा सहभागी भएमा देउवा सरकारमा एमालेबाहेकका सबै शक्ति समेटिनेछन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend