Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीलाई नेताहरूकाे ५ दिने अल्टिमेटम, १० बुँदे सहमति कार्यान्वयन नगरे ओलीको च्याप्टर क्लोज


    शुक्रबार, भाद्र ४ २०७८
    935
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नयाँ पार्टी गठन गर्ने माधवकुमार नेपालको निर्णयमा साथ नदिएका नेकपा एमालेका स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्यहरूको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ५ दिने अल्टिमेटम दिएका छन् । 

    नेताहरूले पार्टी विभाजनको मुख्य जिम्मेवार अध्यक्ष ओली भएकाे ठहर गर्दै कार्यदलले बनाएको १० बुँदे सहमतिको तल्लो तहसम्म कार्यान्वयन नगरे उनीसँगको च्याप्टर क्लोज गर्ने चेतावनी समेत दिएका छन् ।

    बैठकमा सहभागी नेता राजबहादुर बुढाले भने- ‘१० बुँदे सहमति ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटीबाट अनुमोदन गर्नुभयो तर कार्यान्वयन गर्नुभएन । अब बढीमा पाँच दिनभित्र उहाँले तल्ला तहसम्म  कार्यान्वयन नगरे ओली गलत रहेछन् र माधव नेपाल सही रहेछन् भन्ने हुन्छ ।’

    ‘फागुन २८ यता भएका निर्णयहरू सबै खारेज नभए माधव नेपालको पल्ला भारी हुन्छ र ओलीसँगको हाम्रो च्याप्टर क्लोज हुन्छ भन्नेबारे साथीहरूले छलफल गरिरहेका छन् उनले भने ।

    उनका अनुसार ओलीले १० बुँदे कार्यान्वयन गरे र फागुन २८ यताका सबै निर्णय खारेज गरे भने माधव नेपाललाई पार्टी एकताका लागि आफूहरूले दबाब दिने पनि बैठकमा सहभागी नेताहरूको भनाइ छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार