काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट अलगिएर नयाँ पार्टी खाेलेका नेता महन्थ ठाकुर आफ्नाे समूहका नेताहरूसँग आन्तरिक छलफलमा जुटेका छन् ।
सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने भएपछि दल दर्ताका लागि पुनः निवेदन दिँदा के नाम राख्ने भन्ने बिषयमा छलफल सुरु भएको एक नेताले बताए ।
एक नेताका अनुसार ‘लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) राख्ने कि लोकतान्त्रिक जनता पार्टी (लोजपा) राख्ने भनेर छलफल नेताहरूबीच छलफल हुँदैछ ।
नेता महन्थले आफ्नो नेतृत्वमा जनता समाजवादी पार्टी, नेपाल (लोकतान्त्रिक) दर्ताका लागि बुधबार निवेदन दिएका थिए । तर, राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नियमावली बिहीबार मात्र आएकाले शुक्रबार फेरि निवेदन दिने तयारी छ ।
जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव समूहले पाएपछि दलविहीन बनेकाे ठाकुर पक्षले सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्याएर दल दर्ता गर्नसक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि बुधबार जसपा लोकतान्त्रिक दर्ताका लागि निवेदन दियो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend