Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • दोस्रो पुस्ताका नेताहरुको निष्कर्ष, ओली–नेपाल दुवैले निर्णय सच्याउनुपर्छ  


    बिहिबार, भाद्र ३ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा(एमाले) विभाजन भइसकेपछि पनि दोस्रो पुस्ताका भनिने नेताहरुले पार्टी एकताको रटानमै छन् । नयाँ पार्टी गठन गर्ने माधव नेपालको निर्णयमा साथ नदिएका उनीहरुले दुवै पक्षले आफ्नो निर्णय सच्याउनुपर्ने निष्कर्ष निकालेका छन् । बुधबारसम्म माधव नेपालपक्षीय दाबी गर्दैआएका र ओलीलाई लाभ पुर्याउँदै आएका स्थायी कमिटी सदस्यहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।

    दोस्रो पुस्ताका नेताहरु युवराज ज्ञवाली, भीमबहादुर रावल, घनश्याम भूसाल, गोकर्ण बिष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, रघुजी पन्त, अमृतकुमार बोहरासहितको बैठकले ओली र नेपाल दुवैलाई एकतामा आउनका लागि पहल गर्ने दाबी गरेका छन् ।  उनीहरुले माधव नेपालसहित १४ सांसदलाई गरेको कारबाही ओलीले फिर्ता लिनुपर्ने र नयाँ पार्टी गठनको प्रक्रियाबाट माधव नेपाल पछि हट्नुपर्ने निष्कर्र्ष निकालेको सचिव गोकर्ण बिष्टले बताएका छन् । ओलीले असार २७ को १० बुँदे सहमति अक्षरशः पालना गर्नुपर्नेमा पनि उनीहरुले जोड दिएका छन् ।

    दोस्रो पुस्ताका नेताहरुले कार्यदलस्तरमा एकताको लागि महिनौंसम्म प्रयास गर्दा पनि केपी शर्मा ओली तयार नभएको जगजाहेर छ । ओलीकै कारण पार्टी नै विभाजन भइसकेको अवस्थामा दोस्रो पुस्ताका नेताहरुको यो निष्कर्ष अरण्यरोदन मात्रै हुने भएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार