काठमाडौं । एमाले विभाजन भएको भोलिपल्ट प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालको कोटाबाट यादवचन्द्र शर्मालाई बागमती प्रदेशको प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका छन् ।
आज बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको हो । शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि तीन वटा प्रदेश प्रम्ुख परिवर्तन भइसकेका छन् । केपी शर्मा ओलीले नियुक्त गरेका विष्णु प्रसाईलाई हटाएर शर्मालाई नियुक्त गर्न सरकारले सिफारिस गरेको हो । प्रसाई झापाको मेचीनगर नगरपालिकाको मेयरमा पराजीत भएका थिए । मेयरमा पराजीत प्रसाईलाई ओलीले बागमती प्रदेशको प्रमुख बनाएका थिए ।
माधव नेपाल प्रधानमन्त्री हुँदा उनका स्वकीय सचिव रहेका शर्मालाई प्रदेश प्रमुख बनाएका छन् । शर्मा माधव नेपाल एमालेको महासचिव हुँदा पनि उनको सचिवालयमा निजी सचिव रहिसकेका थिए । उनी यसअघि एमालेको विदेश विभागको सचिव रहिसकेका छन् ।
बुधबारमात्र बागमती प्रदेशकी मुख्यमन्त्री अष्टठलक्ष्मी शाक्यलाई सपथ ग्रहण गराएका प्रसाईलाई बिहीबारै सरकारले हटाएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend