Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • युवा संघ नेपाल एमाले समाजवादी पार्टीमा समाहित हुने


    बिहिबार, भाद्र ३ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । युवा संघ नेपालले माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एमाले (समाजवादी) पार्टीमा समाहित हुने निर्णय गरेको छ । संघ एमाले समाजवादी पार्टीमा गोलबद्ध हुन देश भरिका नेता, कार्यकर्तालाई अपिल समेत गरेको छ ।

    संघका अध्यक्ष नरेश शाहीको अध्यक्षमा संघका उपलब्ध पदाधिकारी र बिभागिय प्रमुख÷उपप्रमुखको सहभागितामा बसेको बैठकले एमाले समाजवादी पार्टीमा समाहित हुने निर्णय गरेको संघका उपमहासचिव एवं प्रवक्ता संजिप राईले बताए ।

    यस्तै बैठकले संघको झण्डा रातो पृष्ठभुमीमा सेतो ५ कुने तारा तीन कुना माथि र दुई कुना तल फर्केको राख्ने निर्णय गरेको छ । ‘यात्रा समृद्धिको, लक्ष्य समाजवादको’ मूल नारा राख्ने निर्णय बैठकले गरेको छ ।

    संघको केन्द्रीय कमिटीको विस्तारित बैठक भाद्र ११ र १२ मा काठमाडौंमा हुनेछ । सो बैठकमा सात वटै प्रदेश कमिटीका पदाधिकारी जिल्ला अध्यक्ष, सचिव र महिला विभाग प्रमुख, केन्द्रीय निकायहरू सहभागि हुनेछ ।

    भाद्र ५ गते शनिवार विहान ८ बजे महिनाको २ दिनको २ घण्टा, राष्ट्रलाई अभियान अन्तरगत त्रिभुवन विश्वविध्यालय परिसर सरसफाई कार्यक्रम राख्ने निर्णय बैठकले गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार