नारायण न्यौपाने
काठमाडौं । नेपालको लोकतान्त्रिक आन्दोलनमा ठूलो बलिदान दिएका राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी नेपाल (जसपा) अन्ततः विभाजन भएका छन् ।
एमालेभित्र विवाद झागिँदै गएपछि दुईपटक विघटन गरिएको प्रतिनिधिसभा र त्यसपछि विकसित मुलुकको राजनीतिक घटनाक्रमले यी दुवै राजनीतिक शक्तिलाई विभाजनसम्म पुर्याएको हो । राजनीतिक द्वन्द्वबाट उत्पन्न परिस्थितिका कारण पटकपटक दल विभाजन हुँदा सरकारलाई स्थिरता प्रदान गर्ने हेतुले दल विभाजनसम्बन्धी व्यवस्थालाई कडाइ गरिएको थियो । मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमले त्यसलाई उल्ट्याइदिएछ ।
त्यसो त प्रमुख राजनीतिक दलको विभाजनप्रति आम नागरिकले चिन्ता व्यक्त गर्दै सत्ता स्वार्थ र सुझबुझपूर्ण राजनीतिक नेतृत्वको कमी देखिएको प्रतिक्रिया दिएका छन् । नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदनपछि प्रस्तावित नयाँ राजनीतिक दल नेकपा एमाले (समाजवादी) का नेता राजेन्द्रप्रसाद पाण्डेले भने नेपालका अरु वामपार्टीलाई समेटेर क्रान्तिकारी वाम आन्दोलनको नयाँ धु्रवीकरण गर्ने योजनाका साथ नयाँ दल दर्ता गरिएको प्रतिक्रिया दिएका छन् ।
उनले भने, “एमालेमा अलमलिएका कयौँ साथीलाई अब चाँडोभन्दा चाँडो एमाले (समाजवादी) भित्र समावेश हुन हामी आह्वान गर्छौँ । त्यहाँ रहेकासँग कुनै शत्रुता गर्दैनौँ । एमालेले अब कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन सक्दैन ।” माधव नेपालको अध्यक्षतामा गठन भएको उक्त दलमा ९५ सदस्यीय केन्द्रीय समितिमा झलनाथ खनाल बरिष्ठ नेता छन् ।
साविक एमालेबाट ५८ केन्द्रीय सदस्य र ३१ जना सङ्घीय सांसद नयाँ दलमा आएको जानकारी दिइएको छ । प्रारम्भमा खुला किताब चुनाव चिह्न प्रस्ताव गरिएको चर्चा चलेको भए पनि निर्वाचन चिह्नबारे निर्णय भइनसकेको र छलफलकै चरणमा रहेको जानकारी दिइएको छ ।
पटक–पटक प्रतिनिधिसभा भङ्ग गरेपछि त्यसको रक्षा तथा संविधानको रक्षाका एमाले९(समाजवादी) दर्ता गर्नु परेको नेता पाण्डेले प्रतिक्रिया दिए। एमाले नेतृत्वबाट आफूहरूप्रति गरेको ब्यवहारका कारण सो पार्टीमा बस्ने आवस्था नरहेको उनको भनाइ छ । दल दर्ताको प्रमाणपत्र पाएपछि चाँडै पार्टीको राष्ट्रिय भेला र सम्मेलन गरीे कम्युनिष्ट आन्दोलनलाई पुर्नगठन गर्ने र सर्वहारा श्रमजीवी जनताको हकहित अधिकार र राष्ट्रिय स्वाधीनताका लागि लड्ने दृढताका साथ काम गर्ने उहाँले अठोट व्यक्त गरेका छन् ।
निर्वाचन आयोगमा आजै समाजवादी पार्टी नेपाल(लोकतान्त्रिक)का वरिष्ठ नेता राजेन्द्र महतोले साविकको जसपा विभाजन भएर नै नयाँ दल दर्ताका लागि निवेदन दिएको प्रतिक्रिया दिए । उनेले भने, “विभाजित राजनीतिक दलका रूपमा जनता समाजवादी पार्टी, नेपाल लोकतान्त्रिक दर्ता भएको छ, सावित जसपाको १५ सांसद र १७ केन्द्रीय सदस्य नयाँ दलमा आउनुभएको छ ।”
अध्यक्षमा महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो रहेको नयाँ दल २४ सदस्यीय कार्यकारिणी समितिको छ । मुलुकमा अरु दल पनि विभाजन भएको हुँदा विभिन्न कालखण्डमा पार्टी टुटफुट त भइहाल्छ नि भन्ने प्रतिक्रिया दिँदै वरिष्ठ नेता महतोले भने, “कुनै अध्यादेशले फाइदा पनि गर्छ नि त, आवश्यकता थियो र त अध्यादेश आएको हो नि ।”
सोही दलका नेता शरदसिंह भण्डारीले आफूहरूले गठन गरेको नयाँ पार्टीले समावेशीका मुद्दालाई प्राथमिकता दिने तथा दलको चरित्र र सङ्गठन सशक्त बनाउने बताए । तराई मधेशका माग मुद्दालाई कमजोर हुन नदिने हेतुले विगतमा पार्टी एकीकरण गरिएको सुनाउँदै उनले दलभित्र सत्ताको राजनीति अघि सारिएपछि विभाजन नै उपयुक्त बाटो ठानिएको बताए । रासस
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend