Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अन्तत: फुट्यो नेकपा एमाले, माधव नेपालको नयाँ पार्टीमा को-को छन् ? (सूचीसहित)


    बुधबार, भाद्र २ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी पार्टी दर्ता भएको छ ।

    पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपालबीच एकताको प्रयास असम्भव भएपछि अन्तत: पार्टी फुटेको हो  

    बुधबार सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेलगत्तै नेता नेपालसहितका नेताहरु निर्वाचन आयोग पुगेर निवेदन दर्ता गराएका हुन् । 

    नेपालसहितका नेताहरुले नयाँ दल दर्ताका लागि ९५ जनाको हस्ताक्षरसहित निवेदन दिएका छन् । नेता नेपालले दर्ता गरेको नयाँ दलको नाम नेकपा एमाले (समाजवादी) पार्टी रहेको छ भने चुनाव चिन्ह खुला किताब रहेको छ । 

    नयाँ पाटीमा नेता नेपाल अध्यक्ष हुने भएका छन् भने झलनाथ खनाल वरिष्ठ नेता भएका छन्।सरकारले दल विभाजनलाई सहज हुने गरी अध्यादेश ल्याएपछि पार्टी विभाजनका लागि नेता नेपाललाई सहज भएको हो । 

    यस्तो छ केन्द्रीय कमिटीको नामावली –

    1.jpg2.jpg3.jpg4.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार