Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले समाजवादी पार्टी दर्ता, अध्यक्ष नेपाल, वरिष्ठ नेतामा खनाल


    बुधबार, भाद्र २ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । माधव नेपाल अध्यक्ष र झलनाथ खनाल वरिष्ठ नेता रहने व्यवस्थासहित ९५ केन्द्रीय सदस्य राखेर नेकपा एमाले समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

    नेता राजेन्द्र पाण्डेका अनुसार एमालेका ५८ केन्द्रीय सदस्यको हस्ताक्षर बुझाइएको छ भने दुबै सदनका ३१ सांसदले माधव नेपाललाई साथ दिएका छन् ।

    दल दर्ताको प्रमाणपत्र पाएपछि देशव्यापी भेला गर्ने, क्रान्तिकारी कम्युनिष्ट पार्टी बनाएर अन्य कम्युनिष्ट पार्टीसँग मिलेर जाने पाण्डेले बताए ।

    एमालेमा अल्मलिएर रहेकाहरुलाई एमाले समाजवादी पार्टीमा समावेश हुन समेत पाण्डेले आग्रह गरे । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार