जनकपुरधाम । सर्लाही जिल्लाको लालबन्दी नगरपालिका वडा नम्बर १७ रानीगंजबाट तीन दिनदेखि हराइरहेकी एक किशोरी मृत अवस्थामा फेला परेकी छन् ।
सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीका अनुसार रानीगंज निवासी राजन भुजेलकी १६ बर्षीया छोरी प्रियंकाको शव फेला परेको हाे ।
३१ साउनदेखि घरबाट हराइरहेकी उनको शव सडेको अवस्थामा लालबन्दी नगरपालिका ६ स्थित कालिन्जोर खोलामा फेला परेकाे प्रहरीले जानकारी दिएकाे छ । प्रहरीका अनुसार मृत शरीरमा त्यस्तो निलडाम र घाउ भने देखिएको छैन ।
३१ साउनमा प्रियंका हराएपछि परिवारजनले ३२ साउनमा इलाका प्रहरी कार्यालय लालबन्दीलाई जानकारी गराएको थियो ।
किशोरीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा पठाइएको र पोष्टमार्टमको रिपोर्ट आएपछि अन्य अनुसन्धान अगाडि बढाइने डीएसपी बुढाथोकीले बताए