Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सांसद पद जोगाउन अध्यादेश ल्याइनु लोकतन्त्रकै हत्या हो : बाबुराम भट्टराई


    बुधबार, भाद्र २ २०७८
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दल विभाजनको अध्यादेश ल्याइएकोमा विरोध जनाएका छन्।

    पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सरकारले सांसद पद जोगाउने गरी दल विभाजन गर्ने अध्यादेश ल्याउनु प्रतिनिधिमूलक लोकतन्त्रको हत्या भएको टिप्पणी समेत गरेका छन्। 

    मंगलबार साँझ सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै अध्यक्ष भट्टराईले संसद अधिवेशन अन्त्यग गरेलगत्तै अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास भएको उल्लेख गरेका छन्। 

    भट्टराईले ओली गए पनि ओलीप्रवृत्ति कायम रहनु लोकतन्त्रको निम्ति चिन्ताको विषय भएको बताए।

    यस्तो छ भट्टराईको ट्वीट :

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार