Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • बढ्यो सुनको मूल्य, तोलाको कति ?


    मंगलबार, भाद्र १ २०७८
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार तोलामा एक सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा ४ सय रुपैयाले बढेको हो ।

    सोमबार प्रतितोला ९० हजार ६ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९१ हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाले बढेको छ । आज चाँदीको मूल्य घटेर तोलामा १ हजार २ सय १० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार