Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजनीतिक दलसम्बन्धी अध्यादेश आउने, एमाले कानुनी रुपमै विभाजन हुने 


    सोमबार, साउन ३२ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । संसद अधिवेशन अन्त्यसँगै सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन लागेकाले एमाले सशंकित भएको छ । एमाले विभाजनका लागि सहज पार्न राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी सरकारले गरेको सूचना पाएपछि एमाले नेताहरु पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा जम्मा भएका छन् ।   

    सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज राति १२ बजेदेखि लागू हुने गरी चालू अधिवेशन अन्त्य गरेकी छन् ।

    एमाले विभाजनकै लागि अध्यादेश ल्याउन लागेको सुईको पाएपछि एमाले अध्यक्ष ओली आक्रोसित भएका छन् । एमालेमा माधव नेपाल र झलनाथ खनालले समानान्तर गतिबिधि गर्दैआएका छन् । नेकपा एक हुँदा पार्टीको निर्णय नमान्ने ओलीले एमाले ब्यूँतिएपछि माधव नेपाल र झलनाथ खनाल पक्षलाई पार्टीमा पेल्दै एक्लौटी ढंगले निर्णय गर्दैआएका छन् ।

    अध्यादेश ल्याएर एमाले कानुनी रुपमै विभाजन गर्न लागिएको भन्दै ओलीले बालकोटमा स्थायी समिति बैठक बोलाएर माधव नेपाल पक्षलाई कारबाही गर्ने, सांसदबाट निकाल्नेसम्मको कारबाहीको तयारी गरेका छन् । सरकारले अध्यादेश ल्याउनुअघि नै कारबाही गर्ने गरी ओली अगाडि बढेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार