Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • अफगानिस्तानमा अलपत्र परेका नेपालीको तत्काल उद्धार गर्ने मन्त्रिपरिषद्को निर्णय


    सोमबार, साउन ३२ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अफगानिस्तानमा अलपत्र परेका नेपालीको शीघ्र उद्धार गर्ने निर्णय गरेको छ ।  

    बैठकले सम्बन्धित निकायलाई समन्वयात्मक कार्य अगाडि बढाउन निर्देशन दिइ अलपत्र परेका नेपालीको सकुशल र शीघ्र उद्धार गर्ने निर्णय गरेको हो ।   

    यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सामाजिक सञ्जालमार्फत आफुले आइतबार नै नेपालीहरूको उद्धार गर्न निर्देशन दिएको बताएका थिए । 

    सरकारको आधिकारिक तथ्यांकअनुसार अफगानिस्तानमा अहिले १५ सय नेपाली रहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार