एजेन्सी । अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले आइतबार देश छाडेर भागेका छन् ।
रोयटर्सलाई उदृत गर्दै अलजजिराले जानकारी दिए अनुसार उनी देश छोडेर ताजकिस्तानतर्फ लागेका हुन्।
आइतबार तालिवान लडाकुहरु राजधानी काबुल पसेपछि गानीले देश छाडेका हुन् । तालिबानको धम्कीपछि उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छाडेका छन्।
राष्ट्रपति गानीले देश छाड्दै गरेको भिडियो सार्वजनिक भएको छ। भिडियोमा उनी हात हल्लाउँदै विमान चढ्न गएको देख्न सकिन्छ।