Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना संक्रमणबाट करातेका पूर्वप्रशिक्षक हमालको निधन


    सोमबार, साउन ३२ २०७८
    785
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । करातेका पूर्वप्रशिक्षक किशोर हमालको निधन भएको छ । उनको ६२ वर्षको उमेरमा ललितपुरको अल्का अस्पतालमा आइतबार निधन भएको हो । 

    लामो समय पेटसम्बन्धी रोगबाट पीडित हमाल केही दिन अघि कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए । शुरुआतमा उनको वीर अस्पतालमा उपचार गरिएको थियो । उच्च ज्वरोबाट पीडित हमाललाई दुई दिनअघि अल्का अस्पताल भर्ना गरिएको उहाँका श्रीमती एवं कराते सहायक प्रशिक्षक राधिका हमालले जानकारी दिईन । 

    कैलालीको धनगढी स्थायी घर भएका हमाल सुदूरपश्चिममा करातेको संस्थापकका रुपमा चिनिन्छन् । उनले सुदूरपश्चिमको नौवटै जिल्लामा कराते खेलको विस्तार गर्नुभएको थिए  । करातेका सुदूरपश्चिम क्षेत्रका प्रमुख प्रशिक्षक विमल खडायतका अनुसार हमालले २०४८ सालदेखि झण्डै एक दशकसम्म कैलाली, कञ्चनपुर, अछाम, डोटीलगायत जिल्लामा कराते खेलाडी उत्पादन गरेका थिए । ‘सुदूरपश्चिममा कार्यरत सबै प्रशिक्षक उहाँकै उत्पादन हुनुहुन्छ”, प्रशिक्षक खडायतले भने, “सुदूरपश्चिममा करातेको जग हल्ने काम नै उहाँले गर्नुभएको हो ।’ 

    हमालले सुदूरपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको अध्यक्षका रुपमा जिम्मेवारी निर्वाह गरेका थिए । उनी आफ्नो समयमा करातेको अब्बल खेलाडीका रुपमा चिनिन्थे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार