Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुईवटा नाउँमा खुट्टा टेकेपछि चुर्लुम्मै डुबे योगेश


    शुक्रबार, साउन २९ २०७८
    1K
    Shares
  • ३ मिनेट पाठ
  • नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री योगेश भट्टराई पार्टीको दुवै पक्षको प्यारो बन्न खोज्दा अलमलमा परेका छन् । 

    पछिल्लो समय पार्टीभित्र अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच आन्तरिक द्वन्द चलिरहेका बेला एमाले नेता भट्टराई यता न उता भएका छन् । माधव पक्षका नेता भट्टराईले अध्यक्ष ओलीलाई खुशी पार्न खोज्दा यता न उता भएका हुन् । 

    नेता भट्टराईले  पछिल्ला केही दिन दुइवटा नाउँमा खुट्टा राखेर लडिन्छ भन्ने ज्ञान हुँदा हुँदै पनि दुवै पक्षको समर्थन गर्न खोजेका थिए, तर त्यसो गर्दा न त नेपालले पत्याए न त ओलीले नै ।

    ओली नेतृत्वको सरकारमा १७ महिना पर्यटनमन्त्री भएका भट्टराईसहित केही मन्त्रीले पौष ५ गते ओलीले प्रतिनिधिसभा भंग गरेपछि मन्त्रीबाट राजीनामा दिएका थिए । मन्त्री रहुन्जेल ओलीको विश्वासिला पत्र बनेका भट्टराई प्रतिनिधिसभा विघटन गरेपछि ओलीको प्रमुख आलोचक भएका थिए ।

    प्रतिनिधिसभा विघटन भएपछि सुरुमा नेपाललाई राम्रो साथ दिएका योगेशले त्यसपछि भने नेपालको पक्षमा अडान लिन सकेनन् । उनी अलिकति नेपालतिर र अलिकति ओलीतिर ढल्केर ‘डबल रोल’ खेल्न थाले ।

    काठमाडौं–६ बाट संविधानसभाको २०६४ र २०७० को निर्वाचन हारेका भट्टराई काठमाडौमा केही जोर नचलेपछि २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा ताप्लेजुङबाट उम्मेदवार बने र निर्वाचन जिते । ताप्लेजुङ उनको जन्मथलो पनि हो । निर्वाचनको बेला ताप्लेजुङ पुगेका अध्यक्ष ओलीले योगेश राम्रो मान्छे भएको भन्दै जिल्लावासीलाई सम्वोधनको क्रममा  ‘योगेशलाई जिताएर पठाउनु, म मन्त्री बनाइदिन्छु’ भनेका थिए ।

    ओलीले आफ्नो बचन त पूरा गरे तर त्यसको लागि पनि निकै समय खर्चिनु पर्यो भट्टराईले।  एमालेमा हुँदा प्रचार विभाग प्रमुख थिए तर नेकपा भइसकेपछि भने उनले ठूलो भूमिका पाएनन् । योगेशको राजनीतिलाई लिएर विभिन्न अड्कलबाजी गर्न थालिएको छ, उनी जुनसुकै पक्षमा लागे पनि पनि पत्याउने सम्भावना  निकै कमै छ ।

    पछिल्ला दिनहरुमा फुर्सदिला बनेका योगेश कहिले हाइकिङ त कहिले कमेडी च्याम्पियनमा रमाउन थालेका छन् । उनले पछिल्लो समय बूढानीलकण्ठ, ललितपुरको लुगु, लामाटारलगायतका ठाउँमा घुमेको फोटो फेसबुकमा पोष्ट गरेका छन् भने ताप्लेजुङकै कमेडियन भरतमणि पौडेललाई भोट माग्दै सामजिक संजालमा फोटो शेयर गरेका छन्। 

    मन्त्री हुँदा सुरुमा जनताको पक्षमा काम गर्ने उद्घोष गरेका भट्टराई पनि अन्तिममा अरु मन्त्रीकै दाँजोमा मात्र सीमित रहे । उनले पनि भन्ने एउटा र गर्ने अर्को रह्यो । पर्यटन क्षेत्रलाई केही गर्ने आशा उनबाट देखेका व्यवसायीहरु पनि उनीबाट निराश भएका छन्। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार