Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • पृथ्वी सुब्बा गुरुङ भन्छन्- ओलीको अहंकारले एमाले खरानी हुँदैछ


    शुक्रबार, साउन २९ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले एकपछि अर्को सत्ता गुमाउँदै गएको छ । गत निर्वाचनमा अभूतपूर्व शक्तिसहित संघ र प्रदेशमा सरकार बनाएको एमालेले नेकपा विघटनको पाँच महिनामै संघ, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सत्ता गुमाएको हो । 

    बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएपछि एमाले नेतृत्वको सरकार अब प्रदेश नं १ र वाग्मतीमा मात्रै बाँकी छ ।

    पछिल्लो समय पार्टी भित्रको आन्तरिक द्वन्द र अध्यक्ष केपी शर्मा ओलीको अहमताले गर्दा एमालेले सत्ता गुमाउँदै गएको देखिएको छ । गत निर्वाचनमा एक भएका एमाले र माओवादी अहिले छुट्टै कित्तामा छन् । 

    यसैबीच, तत्कालीन गण्डकी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एमालेका सचिव पृथ्वी सुब्बा गुरुङले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कारण एमाले खरानी बन्न लागेको बताएका छन् । पार्टी अध्यक्ष ओलीको ओली प्रवृति (अहंकार र दम्भ)ले  पार्टी समाप्त हुन सक्ने खतरा उत्पन्न भएको समेत बताए  ।

    पछिल्लो समय ओली र पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालबीचको आनतरिक द्वन्दका कारण एमाले फुटको संघारमा पुगेको बेला ओलीले कम्युनिष्ट आन्दोलनबाट गम्भीर शिक्षाको पालना नगर्दा पार्टी विघटनको दिशातिर उन्मुख भएको गुरुङको ठहर छ ।

    ‘हाम्रो मौजुदा विधानले नै सामुहिक नेतृत्व प्रणालीलाई अंगीकार गरेको छ । तर अध्यक्ष ओली उत्तर कोरियाली कम्युनिष्ट पार्टीको प्रमुख जस्तो गरेर अघि बढ्न थालेपछि समस्या देखा परेको हो, गुरुङले भने, ‘त्यस्तो ब्यक्तिबादी कार्यशैलीकै कारण एमालेलाई अपुरणीय क्षति भइसक्यो । अब त पार्टी खरानी हुन मात्र बाँकी छ ।’

    गुरुङका अनुसार अध्यक्ष ओलीको दम्भका कारण यसअघिको निर्बाचनमा प्राप्त भएको एमालेको बिरासत ढल्न सुरु गरेको छ । ‘एमालेले तीनै तहमा ठूलो दल आफ्नो बिरासत कायम गर्यो । त्यसैले बहुसंख्यक स्थानीय सरकारसहित प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश गरी पाँच प्रदेशको सरकारको नेतृत्व गर्ने अवसर पायौं । संघमा पनि स्पष्ट बहुमतका साथ सत्तासिन भयौं ।’ गुरुङ भन्छन्, ‘आज अध्यक्ष ओलीको अहंकार र एक्लै हिड्ने प्रवृतिका कारण संघ गुम्यो, गण्डकी गुम्यो, लुम्बिनी गुम्यो । अझै अरु गुम्नेवाला छन् ।’

    एउटा व्यक्तिको (ओली) कारण पार्टी र आन्दोलनले गम्भीर धक्का खान थालेकाले सबैले सोच्नुपर्ने बेला आएको भन्दै माओवादी केन्द्रसँग भएको एकीकरण टुटेपछि एमालेको ओरालो यात्रा सुरु भएको यथार्थलाई सबैले मनन् र आत्मसात गर्नु पर्ने उनको तर्क छ। 

    ‘माधब नेपालमा व्यक्तिजन्य कमजोरी होलान्, तर एमाले बनाउन उनको योगदान ओलीभन्दा कम होइन, बरु बढ्ता नै,  उनले भने,’ त्यस्तो व्यक्तिलाई कसैको स्वार्थ नमिल्नेबित्तिकै पार्टी छाडेर जाउ भन्नु इतिहासप्रतिको गद्दारी हो ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार