Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • रामचन्द्र पौडेलका सम्धी तेस्रो राजनीतिक नियुक्तिको दौडमा 


    बिहिबार, साउन २८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली राजनीतिमा लामो योगदान भएका नेताहरु पनि पार्टी सत्तामा पुगेको बेला आफन्तलाई लाभका पदमा नियुक्ति दिलाउन लालायित हुनेगरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि राजनीतिक नियुक्तिका लागि दौडधूप गर्ने क्रम बढेको छ ।

    नियुक्तिका लागि नेपाली कांग्रेसकै बरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी युवराज भूसाल पनि लागेका छन् । सम्धीलाई राजनीतिक नियुक्ति दिलाउनका लागि नेता पौडेल पनि लागेका छन् । नेपाल सरकारको विशिष्ट श्रेणीबाट अवकाश पाएपछि कांग्रेसकै नेताको सम्धी भएबापत भूसालले २ पटक नियुक्ति पाइसकेका छन् ।

    २०७४ कात्तिक ६ मा राष्ट्रिय पुननिर्माण प्राधिकरणको प्रमुख  कार्यकारी अधिकृत (सीईओ)मा नियुक्ति पाएका र २०७४ फागुन ३ मा केपी ओली प्रधानमन्त्री भएपछि राजीनामा दिएका भूसाल अहिले पुनः प्राधिकरण नै ताकिरहेका छन् । प्राधिकरणको अवधि सकिन लागेकाले उनी अर्को आकर्षक ठाउँ खोजिरहेका छन् ।

    प्राधिकरणमा भन्दा अघि पौडेलका सम्धी भूसालले सचिवबाट अवकाश पाउनासाथ २०७१ साउन ९ मा प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा नियुक्ति पाएका थिए । पौडेलले २०७० पछि सुशील कोइराला नेतृत्वको नेपाली कांग्रेसको सरकार हुँदा छोरा चिन्तन पौडेललाई २०७१ कात्तिक २४ मा गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रमको प्रमुखमा नियुक्ति दिएका थिए । ओली सरकार गठनपछि २०७४ चैत ४ मा पौडेलले तत्कालीन सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीसमक्ष राजीनामा दिएका थिए ।

    यसअघि एमालेका महासचिव इश्वर पोखरेलका सम्धी प्राडा उपेन्द्र कोइरालालाई सातौं पटक नियुक्ति दिइएको बिषयमा चर्को आलोचना भएको थियो । सातौं पटक राष्ट्रिय बाणिज्य बैंकको अध्यक्ष बनाउनेगरी बोर्ड सदस्य बनाएपछि उक्त निर्णयको चर्को बिरोभ एमालेपंक्तिबाटै भएको थियो । जसका कारण उनको अध्यक्ष नियुक्ति हुन सकेन । अध्यक्ष नभएपछि उनले बोड सदस्र्यबाट राजीनामा दिएका थिए ।      

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार