काठमाडौँ । सांसदहरुले कोभिड–१९ महामारीका कारण अध्ययनरत लाखौँ विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सबै विद्यार्थीलाई खोप दिएर परीक्षामा सामेल हुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले कक्षा १२ को परीक्षा पूर्वतयारीबिना स्थगित गरिएको र विश्व विद्यालय अन्तर्गत विभिन्न तहको परीक्षाको मुखमा रहेका विद्यार्थीले परीक्षा दिने वातावरण सिर्जना गर्न माग गरे । साथै उनीहरुले परीक्षार्थीलाई खोपको व्यवस्था गर्न वा वैकल्पिक विधिद्वारा परीक्षा दिने वातावरण बनाउन पनि सराकार समक्ष माग गरे ।
सांसद उदया शर्मा पौडेलले पूर्वतयारीबिना कक्षा १२ को परीक्षण स्थगित गरी करिब चार लाख परीक्षार्थीको भविष्य अन्योलमा परेकामा चिन्ता व्यक्त गर्दै विद्यार्थीको मनोविज्ञानलाई असर नगर्नेगरी परीक्षार्थीलाई खोपको व्यवस्था गरी परीक्षामा सामेल हुने वातावरण बनाउन माग गरे ।
सांसद कोमल वलीले शिक्षामन्त्री नियुक्तिमा ढिलाइ भएकाले समग्र शिक्षा क्षेत्रमा अन्योल छाएको टिप्पणी गर्दै विद्यार्थीलाई खोप लगाएर या वैकल्पिक विधिद्वारा भए पनि परीक्षा दिने वातावरण बनाउन सरकार समक्ष माग गरिन् । ‘कोभिड महामारीका कारण शिक्षा क्षेत्रमा अन्योलता छाएको छ । विद्यार्थीले अनलाई माध्यमबाट अध्ययन गरेपनि परीक्षा दिन पाएका छैनन् यसमा सरकारले विशेष ध्यान दिन जरुरी छ’, उनले भनिन् ।
सांसद अनिता देवकोटाले नेपालको नक्सामा समेटिएको लिम्पयाधुरा, कालापनी, लिपुलेकको जमिन फिर्ता ल्याउन कूटनीतिक पहल गर्न सरकारलाई आग्रह गरिन् । सांसद इन्दु कडरियाले सामाजिक सुरक्षा भत्तामा विभेद् भएको तथा दलित र गैरदलितबीचको दुरी बढाएको भन्दै सामाजिक सुरक्षाभत्ता ६० वर्ष पुगेका नागरिकलाई दिने व्यवस्था गर्न माग गरिन् ।
सांसद ठगेन्द्रप्रकाश पुरीले बाढीपहिरोले बर्सेनि प्राकृतिक विपत्तिका घटना बढेको तथा वनजङ्गल अतिक्रमण भइरहेकोमा चिन्ता प्रकट गर्दै यसको दीर्घकालीन समाधानका लागि भू–उपयोग नीतिलाई तत्काल कार्यान्वयनमा ल्याउन माग गरे ।
सांसद तारादेवी भट्टले भीमदत्त नगरपालिकाको नगर शिक्षा समितिले दरबन्दी मिलानको नाममा नियमविपरित शिक्षकको सरुवा गर्ने गरेकोमा आपत्ति जनाउँदै यस किसिमका कार्य तत्काल बन्द गर्न माग गरिन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend