Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • मुख्यमन्त्री पदबाट शंकर पोखरेलले दिए राजीनामा


    बुधबार, साउन २७ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव छल्न उनने बुधबार मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन् ।  

    कांग्रेस, माओवादीसहितका सांसदहरुले दर्ता गरेको अविश्वासको प्रस्तावमाथि छलफल गर्न र निर्णय लिन बोलाइएको प्रदेश सभाको विशेष अधिवेशन सुरु हुनु अघि नै उनले मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन् । 

    पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएको एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले बताए ।

    मुख्यमन्त्री पोखरेल अल्पमतमा परेका थिए । उनको विपक्षमा ४१ जना सांसद छन् भने पक्षमा एमालेका ३८ सांसद मात्रै थिए । आज प्रदेश सभामा उनीविरूद्ध परेको अविश्वास प्रस्तावमाथि छलफल हुँदै थियो ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार