Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • एमसीसी रोक्न चीनको दौडधुप, राजदूत यान्छी पुगिन् यादवलाई भेट्न


    मंगलबार, साउन २६ २०७८
    2.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अमेरिकन सहयोग मिलिनियम चाइलेन्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्ट संसदबाट पारित गर्ने भनिएपछि नेपालका लागि चिनिया राजदूत होउ यान्छीले यसलाई राेक्न सक्रियता बढाएकी छन् । 

    एमसीसीलाई संसदबाट पारित हुन नदिन र चीनको बिआरआईलाई आगाडी बढाउन उनको सक्रियता बढेको टिप्पणी भइरहेको छ । 

    गत आइतबार प्रमुख सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाँडसँग भेटवार्ता गरेकी राजदूत यान्छीले मंगलबार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई भेटेकी छन् । 

    मंगलबार अध्यक्ष यादवलाई भेट्न राजदूत यान्छी उनी बस्ने अपार्टमेन्टै पुगेकी हुन् ।

    शेरबहादुर देउवा प्रधानमन्त्री भएलगत्तै राजदूत यान्छीले सक्रियता बढाएर नेताहरुमाथि एमसीसी पारित नगर्न दबाब सृजना गरिरहेकी छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार