Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीले एकताको ढोका बन्द गरेपछि अलग पार्टी गठन गर्ने माधव नेपालको तयारी


    मंगलबार, साउन २६ २०७८
    950
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । अन्ततः नेकपा एमाले औपचारिक विभाजनतर्फ अगाडि बढेको छ । 

    पछिल्लो समय आन्तरिक द्वन्दका कारण कठिन अबस्थमा गुज्रिरहेको एमाले अध्यक्ष केपी शर्मा ओलीको हठ र दम्भले एकता असम्भव भएपछि अन्तत: औपचारिक विभाजनतर्फ अगाडि बढेको हो। 

    पार्टी एकताको प्रयासमा रहेको एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले तत्कालका लागि कमिटीका गठन–पुनर्गठन सहितका सम्पूर्ण गतिविधि रोक्न ओली पक्षलाई गरेको आग्रह अस्वीकार गर्दै एकताको ढोका बन्द गरेपछि एमाले विभाजनउन्मुखतर्फ गएको छ । 

    यसअघि गत साउन २१ र २२ गते राजधानीको बुद्दनगरमा सम्पन्न नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले ओलीका कारण एकताको सम्भावना अन्त्य भएको ठहर गर्दै ओलीबिनाको एकता हुन सक्ने बताएका थिए ।

    बैठकमा नेपाल पक्षका अधिकांश केन्द्रीय सदस्यहरुले ओलीसहितको एमालेमा कुनै हालतमा जान नसकिने धारणा राखेका थिए । बैठकमा पोलिट्व्युरो सदस्य राजेन्द्र पाण्डेले बरु, आफू धादिङमा प्रगतिशील मञ्च बनाएर चुनावमा लड्ने तर ओलीको नेतृत्वमा एमाले नहुने जिकिर गरेका थिए । पाण्डेले यसो भनेपछि बैठकमा तालीको फोहोरा छुटेको थियो ।

    यस्तै, पाण्डेपछि बैठकमा मेटमणि चौधरीको पालो आयो, ‘मानौं कि, माधव कमरेडलाई १० बुँदे उचित लाग्यो, उहाँलाई ओलीप्रति विश्वास पनि जाग्यो र एकतामा जानुभयो । त्यस्तो अवस्थामा हामी माधव कमरेड भनेर पछि लाग्दैनौँ, तपाईंसँगै पनि हामी विद्रोह गर्छौं ।’ उनले भने, ‘वार्ता गर्न गएका कमरेडहरु हाम्रो प्रतिनिधि हो कि ओलीको प्रतिनिधि हो ? स्पष्ट पार्नुपर्यो । माधव कमरेडको प्रतिनिधि हो भने, किन उहाँहरु घुमाई–फिराई हामीलाई ओलीको टाङमुनि छिराउन खोज्दै हुनुहुन्छ ?’

    मेटमणिको भनाइलाई समर्थन गर्दै केन्द्रीय सदस्यहरु हिराचन्द्र केसी, रामकुमारी झाँक्री, निरा जैरुसहितले पनि ओलीसहितको एकता हुन नसक्ने भन्दै आफ्नो भनाइ राखेका थिए। 

    यता माधव पक्षीयले २२ गते गरेको आग्रह बमोजिम ओली पक्षले २४ गतेको बैठक स्थगित गरे पनि २५ गते उक्त बैठक बोलाएर देशका विभिन्न जिल्ला र नगर कमिटीहरुको पुनर्गठन गरेको छ । सदस्यता नवीकरण र लेवी संकलनको काम जारी राखिएको छ ।

    यसैगरी, ओली पक्षले गतिविधि जारी राखेको स्थितिमा माधव पक्षका गतिविधिलाई पनि तीव्रता दिइने बताइएको छ। उक्त समूहले गठन गर्न बाँकी रहेका जनसंगठनका विभिन्न कमिटी, पार्टीका जिल्ला, नगरसम्मका संरचनालाई अगाडि बढाउने निर्देशन दिइसकेको स्रोतले दाबी गरेको छ। 

    स्रोतका अनुसार माधव पक्षले अलग पार्टी गठन गर्नुपर्ने स्थितिमा प्रस्तुत गर्नुपर्ने केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरुको नामलाई अन्तिम रुप दिने काम सकिएको छ । प्रतिनिधिसभा, राष्ट्रियसभा र सातवटै प्रदेश सभाका सांसदहरुको सूची पनि तयार भइसकेको छ । त्यससँगै पार्टीका दस्तावेजहरुको लेखनकार्य पनि अन्तिम चरणमा पुगेको स्रोतले जनाएको छ ।

    कतिपय सांसद र नेता निर्णायक अवस्थामा ओली पक्ष परित्याग गर्न तयार भएको खबर आएका कारण उक्त पक्ष छाड्न तयार हुनेहरुलाई खबर गर्ने काम भइरहेको र हस्ताक्षर गर्न बोलाइएको स्रोतले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार