काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको खरो आलोचकको परिचय बनाएका उपाध्यक्ष भीम रावल पछिल्लो समय संयम देखिन थालेका छन् ।
प्रतिनिधि सभा विघटनदेखि दलहरुको आन्तरिक निर्णयमा अध्यक्ष ओलीले कानुन र विधि मिचेको बारम्बार आरोप लगाइरहने रावल पार्टी एकताको बाहनामा गत असार २० गते सोमबार राति बालुवाटारमा ओलीलाई भेटेर फर्किएपछि एकाएक नरम बन्दै गएका हुन् ।
ओलीको खरो आलोचकको परिचय बनाइसकेका रावल यसरी एकाएक नरम बन्नुमा नेताहरूले विभिन्न कोणबाट हेरेका छन् ।
असार २० गते राति अध्यक्ष ओलीसँगको भेटपछि पार्टी एकताका लागि क्रियाशील बनेका उपाध्यक्ष रावल त्यसयता अध्यक्ष ओलीमाथि कटाक्ष र आलोचना गर्न छाडेका छन् । उल्टै अध्यक्ष ओलीको तारिफ गर्न थालेर भक्तिभाव देखाउन थालेको ओली र नेपाल दुवै समूहका नेताहरु बताउन छन् ।
एकाएक उनको देखिएको फरकपनले नेपाल समूह सशंकित पनि बनेको छ । अध्यक्ष ओलीको क्रियाकलापबारे खुलेर विरोध गर्ने रावल असार तेस्रो हप्तादेखि शान्त देखिएपछि नेताहरु आश्चर्यचकित भएका छन् ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend