Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फेरि घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?


    सोमबार, साउन २५ २०७८
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सोमबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबार तोलामा १५ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा १ हजार रुपैयाले घटेको हो । 

    आइतबार प्रतितोला ९० हजार रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज पनि घटेर तोलाको ८९ हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै आज चाँदीको मूल्य घटेको छ । आज चाँदीको मूल्य तोलामा २५ रुपैयाले घटेर तोलाको १ हजार २ सय १५रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार