Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्रीलाई थापाको प्रश्न- कक्षा १२ को परीक्षा स्थगित गरेर अन्य परीक्षा सञ्चालन गर्नुको आधार र तर्क के हो ?


    सोमबार, साउन २५ २०७८
    750
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली काँग्रेसका नेता गगन कुमार थापाले कक्षा १२ को परीक्षा स्थगित गरेर अन्य परीक्षा किन सञ्चालन गरिएको भन्दै आपत्ति जनाएका छन् ।

    सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत नेता थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई कक्षा १२ को परीक्षा स्थगित गरेर अन्य परीक्षा सञ्चालन गर्नुको आधार र तर्क के हो भन्दै प्रश्न गरेका छन् । 

    स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका देउवालाई नेता थापाले यस बिषयमा स्वास्थ्य मन्त्रालयको धारणा पनि मागेका छन् । 

    उनले लेखेका छन् – ‘कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन! यसको आधार र तर्क के हो? यस विषयमा स्वास्थ्य मन्त्रालयको धारणा के छ? 

    ‘प्रधानमन्त्रीज्यू कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनु पर्यो कि वैकल्पिक माध्यामबाट परीक्षा संचालन गर्नुपर्यो।’

    सरकारले कोरोनाभाइरसको संक्रमणको कारण कक्षा १२ को परीक्षा स्थगित गरेको छ । तर त्रिभुवन विश्वविद्यालयलगायतका परीक्षा भने अहिले सञ्चालन भइरहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार