Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • टोकियो ओलम्पिकको जापानद्वारा बिदाइ, अर्को भेट पेरिसमा


    सोमबार, साउन २५ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बीबीसी । राष्ट्रिय रङ्गशालामा आयोजित समापन समारोहमा दर्शकहरूको उपस्थितिबिनै टोकियो ओलिम्पिक सम्पन्न भएको छ।

    अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटीका अध्यक्ष थोमस बाचले जापानी नागरिकप्रति धन्यवाद ज्ञापन गर्दै महामारीका कारण १६ दिने कार्यक्रम यसपालि अभूतपूर्व भएको बताए।

    उनले ओलिम्पिक्स खेलकुदले विश्वलाई एकसाथ ल्याएको र सबैभन्दा मूल्यवान्‌ उपहार आशा दिएको टिप्पणी गरे।

    कोभिड महामारी हुँदाहुँदै सफलतापूर्वक खेलहरू सम्पन्न भएको अध्यक्ष बाचले बताए।

    अर्को भेट पेरिसमा :

    समारोहमा ओलिम्पिकको झण्डा पेरीसका मेयरलाई हस्तान्तरण गरियो जहाँ तीन वर्षपछि आगामी ओलिम्पिक्स सञ्चालन हुनेछ।

    अरू अधिकांश प्रतिस्पर्धाझैँ फाइनल खेलहरू पनि एउटा रङ्गशालामा दर्शकहरूको उपस्थितिविनै भए।

    प्रतिस्पर्धामा गएका देशका खेलाडीहरूले सङ्गीत, नृत्य र झिलिमिलीबीच समापन समारोहमा उपस्थित जनाए।

    आयोजकहरूका अनुसार कोरोनाभाइरसको सङ्क्रमणका कारण मात्र १९ जना खेलाडी प्रतिस्पर्धामा सामेल हुन सकेनन्। पदक तालिकामा संयुक्त राज्य अमेरिका ३९ स्वर्णसहित पहिलो स्थान हासिल गरेको छ भने त्यसभन्दा एउटा कम पाएको चीन दोस्रो स्थानमा रह्यो।

    आयोजक जापान चाहिँ पदक तालिकामा तेस्रो स्थानमा रह्यो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार