Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सत्तारुढ गठबन्धनमा आवद्ध माओवादी, जसपा र एमालेको नेपाल पक्ष पार्टी एकीकरण गर्ने तयारीमा


    आइतबार, साउन २४ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्र, जसपा र एमालेको नेपाल समूह मिलेर नयाँ पार्टी गठन गर्ने विषयमा बहस सुरु भएको छ ।

    एमालेको माधवकुमार नेपाल समूहलाई मनाउन सके आगामी निर्वाचनसम्म एउटै समाजवादी केन्द्र बनाएर जाने र चुनाव चिन्ह पनि एउटै लिने गरी अघि बढ्ने तयारी भएकाे स्रोतले बताएकाे छ । एमालेमा पार्टी एकताको प्रक्रिया अघि बढिरहेकाले मनेपाललाई मनाउन भने गाह्रो छ ।

    आउँदो चुनावसम्ममा माओवादी, जसपा र नेपाल समूहबीच पार्टी एकता गरेर समाजवादी केन्द्र गठन गर्ने र कांग्रेससँग पनि चुनावी तालमेल गर्ने प्रचण्ड र यादवको रणनीति छ । 

    सत्तारुढ गठबन्धनलाई चुनावसम्मै लैजान यसअघि अनौपचारिक सम्झौतासमेत भइसकेको नेताहरु बताउँछन् । 

    वृहत एकताका लागि सत्तारुढ गठबन्धनमा रहन दबाब खेपिरहेका नेता नेपाललाई सोहीअनुसार उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनाउने प्रस्ताव समेत गरिएको दाबी गरिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार