काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पर्यटन र कृषि नै प्रदेश समृद्धिको आधार रहेको बताउनुभएको छ ।
पर्यटन र कृषिलाई सँगै लैजान झ्यालबास–डेढगाउँ सडकलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइएको उहाँले बताउनुभयो । प्रदेशको दक्षिणी सीमानाका त्रिवेणी र उत्तरी सीमानाका कोरला जोड्ने झ्यालबास–डेढगाउँ सडक प्रदेशकै ‘लाइफलाइन’ भएकाले प्राथमिकतामा राखेर काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
शनिबार र आइतबार गृहजिल्ला नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुर भ्रमणमा रहनुभएका मुख्यमन्त्री पोखरेलले जिल्लाका विभिन्न स्थानमा भएका कार्यक्रममा सहभागिता जनाउँदै उत्तर दक्षिण मार्ग सम्पन्न भएपछि प्रदेशकै पर्यटन क्षेत्रमा ठूलो प्रभाव पर्ने बताउनुभयो ।
अहिले नवलपुरको पहाडी क्षेत्र बाढीपहिरो र तराई भेग भेलबाढी र नारायणीको कटानको चपेटामा परेकाले मुख्यमन्त्री पोखरेलले तत्काल रोकथाम र राहतका कार्यक्रम सञ्चालन भइरहेको र दीर्घकालीन रोकथामका लागिसमेत अध्ययन भइरहेको जानकारी गराउनुभयो ।
नारायणी नदीको कटान रोकेर किनारामा पर्यटकीय आकर्षणका केन्द्र बनाउन सकिने भएकाले यसका लागि निजी क्षेत्रले चासो दिनुपर्ने पोखरेलको भनाइ थियो । उहाँले नारायणी नदी कटान रोक्दै किनारैकिनार वैकल्पिक राजमार्ग सञ्चालन गर्न सकिने भनाइ राख्नुभयो । मुलुकमा खेतीयोग्य जमिन पर्याप्त भएकाले कृषिमा आधुनिकीकरण गर्दै युवालाई आकर्षित गर्न सके समृद्धि प्राप्त हुने उहाँको भनाइ थियो ।
मुख्यमन्त्री पोखरेलले गैँडाकोटमा बिपी अन्तर्राष्ट्रिय खेलमैदान, राजमार्ग क्षेत्रमा ट्रमा सेन्टरलगायत दूरगामी महत्व राख्ने कार्यक्रमलाई प्रदेशले अघि सारेको बताउनुभयो । उहाँले युवालाई खेलकूदमा आकर्षित गर्दै अनुशासित समाज निर्माणका लागि खेलकूद जरुरी रहेको बताउनुभयो । खेलकूदको गतिविधि बढाउन प्रदेश सरकारले क्षमताअनुसार सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कावासोतीमा भएको फरक कार्यक्रममा जिल्लामा क्रियाशील सात राजनीतिक दलद्वारा जिल्लाको विकासका लागि तयार पारेको साझा अवधारणा मुख्यमन्त्री पोखरेललाई हस्तान्तरण गरेका छन् । सरकार समर्थित सात दलले मुख्यमन्त्री पोखरेललाई बुझाएको ज्ञापनपत्रमा नमूना सदरमुकाम निर्माणको डिपिआर अध्ययन र सम्बन्धित निकाययमा काम अघिको बढाउनका लागि पहल गर्ने, जिल्लास्तरीय खेलकूद रङ्गशाला निर्माण, जिल्लामा आन्तरिक विमानस्थल निर्माण, नारायणी तट्बन्धन, सडक निर्माण, वन्यजन्तुबाट समुदायमा हुने क्षति रोक्नका लागि तारबार, मौलाकालिकादेखि धौवादी हुँदै पाल्पा मित्याल जोड्ने पर्यटकीय पैदल मार्ग निर्माणलगायतका १३ योजना छन् ।
जिल्लामा आयोजित कार्यक्रममा सहभागी हुनुभएका मुख्यमन्त्री पोखरेलसँग देवचुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष रेशमलाल सापकोटाले उद्योगी व्यवसायीलाई एक प्यान–१ खोपको माग गर्नुभयो । उहाँले दलदले धोवादी हुँदै खैरेनी जोड्ने सडकलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्नुभयो । कोरोनाका कारण व्यवसायी साह्रै नै मर्कामा परेको भन्दै प्रदेश सरकारले ल्याएको व्यवसाय जीवन रक्षा कोषको कार्यविधि परिमार्जन गरेर सहज बनाउन जरुरी रहेको सापकोटाले बताउनुभयो ।
पोखरेलले शनिबार र आइतबार गरी जिल्लाको गैँडाकोट–११ मुकुन्दपुरस्थित कभर्ड हल अवलोकलन, कोइलापानीको केरुङ खोलामा निर्मित बर्खे सिँचाइ प्रणालीको कुलोमा बाढीले पु¥याएको क्षतिबारे अवलोकन र नवलपुरको लोकाहा खोलामा प्रस्ताव गरिएको औद्योगिक क्षेत्र निर्माणस्थलको समेत अवलोकन गर्नुभएको थियो ।
प्रस्तावित औद्योगिक क्षेत्र अवलोकनका क्रममा मुख्यमन्त्री पोखरेलले जग्गा नापजाँचको काम शुरु भइसकेकाले सङ्घीय सरकारसँग समन्वय गरेर थप प्रक्रिया अगाडि बढाइने बताउनुभयो ।
त्यस्तै मुख्यमन्त्री पोखरेल देवचुली–५ स्थित झाँक्रेखोलाको बस्ती अवलोकन, गैँडाकोट क्षेत्रमा नारायणी नदीले गरेको कटान अवलोकन तथा गैँडाकोट उद्योग वाणिज्य सङ्घको कार्यक्रममा सहभागी हुनुभएको छ । जिल्लामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुनुभएका मुख्यमन्त्री पोखरेल आजै पोखरा फर्किने जनाइएको छ ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend