काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोपको लगाउनका लागि काठमाडौंमा १४४ केन्द्र तोकेको छ ।
पहिलो मात्रा लगाएकाहरुलाई सोमबार (जेठ २५ गते) देखि एस्ट्राजेनेकाे दोस्रो मात्रा लगाउन उक्त खाेप केन्द्र ताेकिएकाे हाे ।
स्वास्थ्य मन्त्रालयको अनलाइन प्रणालीमा विवरण इन्ट्री गराएकाहरुलाई खोप प्रदान गरिने र अन्यथा भएमा खोप प्रदान गर्ने संस्थाका प्रमुख, कोअर्डिनेटर, स्वयंसेवक र संलग्न अन्य कर्मचारीहरुलाई कानुनबमोजिम कारबाही गर्ने चेतावनी स्वास्थ्य कार्यालयले दिएको छ ।
