Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • ‘द भ्वाइज अफ नेपाल ३’ को उपाधि किरण गजमेरलाई


    आइतबार, साउन २४ २०७८
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । ‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि किरण गजमेरले हात पारेका छन्।  टीम प्रमोदबाट फाइनलमा प्रवेश गरेका किरणले उपाधि जितेसँगै उनले नगद २५ लाख रुपैयाँ प्राप्त गरेका छन्।

    फाइनलमा टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जलिङका आर्यन तामाङ र टीम तृष्णाबाट ज्वाला फाइनलिस्ट भएका थिए । यी तीनैजना फाइनलिस्टले द भ्वाईसको ट्रफी पाएका छन्।

    एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो । एसएमएस र अनलाइनमार्फत् संसारभर रहेका नेपालीहरुले उनीहरुलाई भोट गरेका थिए। शनिबारको एपिसोडमा यी चारै जना प्रतिभाहरुले आफ्ना प्रस्तुतिहरु दिएका थिए।

    किरणले उपाधि जितेपछि आफूलाई भोट गर्ने सबै नेपालीहरुलाई धन्यवाद दिंदै भने, ‘म यो मायाको लागि सधै नै ऋणी भएको छु, मैले अब नेपाली संगीतबाट केही लिने भन्दा पनि केही दिने बेला आएको छ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार