काठमाडौं । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई मातृशोक परेको छ ।
भट्टराईकी आमा महेन्द्रादेवी भट्टराईको ९५ वर्षको उमेरमा आज काठमाडौंमा निधन भएको हो । उहाँलाई केही दिनअघि कोरोना पुष्टि भएको थियो । सिभिल अस्पतालमा उपचारकै क्रममा आज उहाँको निधन भएको हो ।