Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाँच बुँदे माग अघि सार्दै डा. केसीले गरे सत्याग्रहको घोषणा


    शुक्रबार, साउन २२ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसीले विभिन्न पाँच बुँदे माग राख्दै सत्याग्रहको घोषणा गरेका छन् । 

    शुक्रबार विज्ञप्ति जारी गर्दै केसीले आफ्ना माग पूरा गर्न सरकारलाई ध्यानाकर्षण गराउँदै भदौ ३ गतेदेखि सत्याग्रह थाल्ने घोषणा गरेका हुन् । 

    केसीले आफ्नो मागको पहिलो बुँदामा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने उल्लेख गरेका छन् भने दोस्रोमा उनले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार शीर्ष पदाधिकारीलाई पदमुक्त गर्न माग गरेका छन् । 

    तेस्रो मागमा चिकित्सा शिक्षा आयोगका पदाधिकारीलाई धम्क्याउने, नाजायज हस्तक्षेप गर्ने व्यक्तिलाई कारबाही गर्नुपर्ने उल्लेख गर्दै चिकित्सा क्षेत्रमा गैरनाफामुलक नीति सुनिश्चित गर्न माग गरेका छन् ।

    अब कुनै पनि निजी मेडिकल कलेज नखोल्ने नीति सार्वजनिक गर्न समेत उनले माग गरेका छन् । 

    पाँचौं बुँदामा केसीले यसअघि आफूसँग भएको सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार