काठमाडाैं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सशक्त भूमिका खेलेका एमाले वरिष्ठ नेता माधवकुमार नेपालकाे हातमा अहिले अफरै अफरकाे चाङ छ ।
मुलुकको राजनीतिको निर्णायक व्यक्तिका रुपमा आफूलाई उभ्याउन सफल भएका नेता नेपाललाई विभिन्न पदको अफर भइरहेका छन् ।
विशेषगरी देउवापछि उनलाई सरकार नेतृत्व गर्न दिने अफर गठबन्धनले गरेको छ । एमाले त्यागेमा चुनावी सरकारको नेतृत्व नेता नेपाललाई अफर आएको बताइएको छ ।
यस्तै, नेता नेपाललाई उच्चस्तरीय राजनीतिक संयन्त्रको अध्यक्ष बन्न प्रस्ताव गरिएको छ ।
यही बेला प्रधानमन्त्री देउवा, प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवले नेता नेपाललाई आफ्ना सांसद सरकारमा पठाउन र उच्चस्तरीय संयन्त्रको नेतृत्व गर्न प्रस्ताव गरेका हुन् ।
यता एमालेको एकताका लागि प्रयासरत् ओली र नेपाल दुवै समूहका नेताहरुले नेतृत्वमाथि दबाब सृजना गरिरहेका छन् ।
अध्यक्ष ओलीसरह अधिकार दिएर नेता नेपाललाई पनि अध्यक्ष बनाउनुपर्ने नेपाल समूहको माग छ । उक्त मागप्रति ओली समूह सकारात्मक रहेको नेताहरु बताउँछन् ।
माधवकुमार नेपाललाई प्रधानमन्त्री, राजनीतिक संयन्त्रको संयोजक र एमालेको दोस्रो अध्यक्ष अफर आएको हो। तर, उनले कुनलाई स्वीकारेर अघि बढ्छन्, त्यो भने हेर्न बाँकी नै छ ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend