Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • अर्को सहकारी बैंक खुल्ने, प्रधानमन्त्री देउवा सकारात्मक 


    शुक्रबार, साउन २२ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  •  काठमाडौं ।  नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ । विभागका प्रमुख एवम् कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा विभागको टोलीले प्रधानमन्त्री देउवालाई भेट गरेको हो । 

     भेटका अवसरमा विभागका सचिव सुरेन्द्र भण्डारीले विभागको तर्फबाट देउवालाई शुभकामना पत्र प्रदान गर्नुभएको थियो । नेपाली काग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवालाई विभागका सचिव भण्डारीले  विभागले गरेको काम को बारेमा जानकारी गराउनुभएको थियो ।

     विभागले  भावी योजना र कार्यक्रमको बारेमा समेत जानकारी गराइएको सचिव भण्डारीले बताउनुभयो । ‘ प्रधानमन्त्री देउवासँगको भेटमा ‘नेपाल सहकारी बैंक’ खोल्ने जानकारी गराएको सचिव भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो –बैक खोल्न हालसम्म गरेको काम र प्रक्रियाको विषयमा जानकारी गराएका थियौ ।  उहाँका अनुसार प्रम देउवाले देशभरका सहकारीक्षेत्रको प्रतिथनिधित्व हुनेगरी सहकारी बैक खोल्नु आवश्यक रहेको आसय व्यक्त गर्नुभएको थियो । 

    ‘नेपाल सहकारी बैंक खोल्ने विषयमा आफू सकारात्मक रहेको र तत्काल प्रकृया अघि बढाउन सम्बन्धित निकायसँग परामर्श लिने धारणा प्रधानमन्त्रीले राख्नुभएको थियो’–शुभकामना आदानप्रदान गर्ने क्रममा प्रधानमन्त्री देउवाले राख्नुभएको धारणाबारे जानकारी दिदै  सचिव भण्डारीले भन्नुभयो–सहकारी बैक खोल्ने विषयमा विभागले थप प्रक्रिया थाल्नेछ ।

    विभागका प्रमुख ढुंगानाले कांग्रेसको नेतृत्वमा रहेको सरकारले सहकारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्न ध्यान दिनुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिनुभएको थियो । 

    विभागका प्रमुख एवम् केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, सचिव सुरेन्द्र भण्डारी, सदस्यहरू भरत ढकाल, सीताराम काफ्ले, माधव दुलाल, शक्ति खड्का, शरद महर्जनसहितको कार्यसमितिका पदाधिकारी बालुवाटार पुग्नुभएको थियो । 

     नेपाल सहकारी बैक स्थापना गर्न संयोजक भण्डारीको नेतृत्वको टोलीले सहकारी विभागबाट सहमति लिइसकेको छ । नेपाल राष्ट्रबैक र सहकारी महासंघको पत्र प्राप्त हुनासाथ बैक सञ्चालनमा आउनेछ । बैक सञ्चालन गर्न राष्ट्रिय भेला सम्पन्न गरिसकेको छ । 
    यसअघि नै एक एक सहकारी बैंक संचालित छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार