काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री शेरबहादुर देउवा सचिवालयको ध्यानाकर्षण गराएका छन्।
पार्टी सभापति समेत रहेका देउवाबारे उनको सचिवालयले सकारात्मक कुराहरूको भिडियोबनाउँदै सार्वजनिक गर्न थालेपछि प्रवक्ता शर्माले त्यसको ध्यानाकर्षण गराएका हुन्।
बिहीबार राति सामाजिक संजालमा ट्वीट गर्दै प्रवक्ता शर्माले यो भिडिओ बनाउने नभएर काम गर्ने बेला भएको उल्लेख गर्दै सचिवालयलाई भनेका छन्,’ ‘उहाँलाई सही सल्लाह र साथ दिने बेला हो,’ शर्माले लेखेका छन्, ‘काम राम्रो भए जनता आफैंले बनाउने छन् भिडियो नत्र पार्टीले बनाउला।’
यस्तै, शर्माले ‘पहिले फूल रोपेर गोडमेल गरेपछि सुवास प्रकृतिले नै फैलाउने दाबी गरेका छन्।
पछिल्लो समय प्रधानमन्त्री देउवाकै अनुमतिमा उनको सचिवालयले सकारात्मक कुराहरूको भिडियो बनाएर बाहिर ल्याउन थालेको थियो।
देउवाले गरेका राम्रा काम उल्लेख गरेर भिडियो सार्वजनिक गरेपछि उनको सामाजिक सञ्जालमा चौतर्फी आलोचना भइरहेको छ।
प्रधानमन्त्रीले काम गर्ने बेला हो यो l उहाँलाई सहि सल्लाह र साथ दिने बेला हो l काम राम्रो भए जनता आफैले बनाउने छन्- `भिडियो´,
नत्र पार्टीले बनाउला !पहिले फुल रोपौं, गोडमेल राम्रो गरौं, सुवास प्रकृतिले पछि फैलाउँछ l `प्रधानमन्त्रीको सचिवालय´को ध्यानाकर्षण गराएको छु l जय नेपाल !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) August 5, 2021
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend