Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • पौडेल पक्षकाे बैठक चाक्सीबारीमा जारी, महाधिवेशन केन्द्रित छलफल


    बिहिबार, साउन २१ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका नेताहरु आज पनि आगामी १४ औं महाधिवेशन र क्रियाशील सदस्यताको विवाद बिषयमा छलफल गर्न जुटेका छन् ।

    बिहीबार बिहान ११ बजेदेखि पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास ठमेलस्थित चाक्सीबारीमा जारी छलफल कांग्रेसको १४ औं महाधिवेशन केन्द्रित छ । 

    छलफलमा वरिष्ठ नेता पौडेलसहित, महामन्त्री शशांक कोइराला, बलबहादुर केसी, अर्जुननरसिंह केसी र डा. मिनेन्द्र रिजाल सहभागी छन् ।

    कांग्रेसमा बारा, सप्तरीलगायत विभिन्न जिल्लामा क्रियाशील सदस्यता विवाद छ ।

    क्रियाशील सदस्यताको विवाद समाधान हुन नसक्दा आगामी भदौ १६ गते निर्धारित कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ ।

    महाधिवेशन नै अन्योलमा परेका बेला अब कसरी अगाडि बढ्ने भन्नेबारे पौडेल पक्षले आन्तरिक छलफल गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार