काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दैछ ।
बैठक बिहान ११ बजे बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बस्ने सो पक्षका एक नेताले जानकारी दिए । ती नेताका अनुसार पार्टी विभाजन वा एकतामध्ये कुनै एक बाटो रोज्नुपर्ने बाध्यतामा रहेकोले आज केन्द्रीय समिति बैठक बोलाइएको हो ।
बिहीबारको बैठकका लागि राजधानी बाहिर रहेका केन्द्रीय सदस्यहरू समेत काठमाडौं आएका छन् । संसद् पुनर्स्थापना र शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बनेपछि पहिलो पटक उक्त पक्षको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो।
स्रोतका अनुसार आजको बैठकमा आफ्नो पक्षलाई कसरी अघि बढाउने भन्नेबारे छलफल हुने जनाइएको छ । नेपाल पक्षमा एक पक्ष पार्टी एकता र अर्को पक्ष विभाजनको मनस्थितिमा छ । आजको बैठकमा यसबारे ठोस छलफल हुने स्रोतको दाबी छ।
तर, पार्टीका अध्यक्ष केपी शर्मा ओली पक्षले माधव पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकप्रति भने आपत्ति जनाएका छन् । पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले वक्तव्य नै जारी गरेर आजको बैठक अनधिकृत भएको जानकारी दिएका छन् । जबकि एमालेको एकता वार्ता चलिरहँदा अध्यक्ष केपी ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक राखी विधान अधिवेशन गर्नेदेखि केन्द्रीय विभागहरु गठन गरिसकेका छन् । तर नेपाल पक्षले एकताकै लागि पहल गर्न र राय बुझ्न आफू पक्षीय केन्द्रीय कमिटी बैठक राख्दा ओली पक्षले आपत्ति जनाएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend