काठमाडाैं । सरकारले स्पष्टीकरण साेधेपछि रेल्वे कम्पनीका महानिर्देशन गुरुप्रसाद भट्टराईले आक्रोश व्यक्त गरेका छन् ।
बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनी सरकारसँग भन्दा पनि नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि आक्रोश व्यक्त गरेका हुन् ।
आफूलाई स्पष्टीकरण लिन र पदबाट बर्खास्त गर्न मुख्यरुपमा प्रचण्ड र माधवकुमार नेपालको भीषण दबाब रहेको भन्दै आफूसँग जोरी खोज्नेलाई मैदानमा हिसाब किताब गर्ने चेतावनी समेत दिएका छन् ।
उनले लेखेका छन्, ‘माधव नेपाल कहाँबाट चुनाव लड्छन्, २ महिना म त्यहीँ बिताउनेवाला छु । मसँग जोरी खोज्ने माकुनेलाई मैदानमा हिसाब किताब गर्छु ।’ उनले थपे माधवकुमार नेपाल नेपाली राजनीतिक क्यान्सर हाे, क्यान्सर काटेर फाल्नु पर्छ ।
लगत्तै अर्को स्टाटस लेख्दै भट्टराई पुन: नेपालमाथि नै खनिदै लेख्छन्, ‘मलाइ निकाल तर मैले नियुक्त गरेका गरिव नागरिककाका छोराछोरीलाई हिम्मत गर्यो भने तिम्रो सत्ता हल्लिन्छ, मजाक नगर ।’
‘गरीबका छोराछोीलाइ कामना लगाएको छु । भारतिय कम्पनिलाइ दिनु पर्ने ८ करोड आजै पठाउदै छु । र ट्रायल रन गर्दैछु । चोर राजनीतिज्ञसँग त म लड्ने नै हो, माकुनेसंग मैदानमा भेट्ने हो, उनले आक्रोश पोखे ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend