Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारद्वारा भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज


    मंगलबार, साउन १९ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा गठन भएको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको हो । 

    केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन ज्ञवालीको अध्यक्षतामा आयोग गठन गरेको थियो । 

    तर, मंगलबार सरकारले सो आयोग खारेज गरेको हो । योसँगै मुलुकभर रहेका सो आयोगको संरचना पनि खारेज भएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार