Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निर्वाचन आयोगले खारेज गर्याे ४१ वटा राजनीतिक पार्टीको दर्ता (सूचीसहित)


    मंगलबार, साउन १९ २०७८
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलहरूको दर्ता खारेज गरेको छ ।

    आयोगको निर्णय अनुसार अखण्ड नेपाल, शिवसेना पार्टी, नेपाली काँग्रेस राष्ट्रवादी, चुरे भावर, लगायतका दलहरूको दर्ता खारेज भएको हो ।

    मंगलबार बसेको आयोगको बैठकले साउन २० गतेदेखि लागुहुने गरि तीन वर्षसम्म लेखा प्रतिवेदन नबुझाउने राजनीतिक दलहरूको दर्ता खारेज गरेको हो । 

    दर्ता खारेज भएका दलहरूको नाम, झण्डा र चुनाव चिन्ह एक बर्षसम्म अरुले प्रयोग गर्न पाउने छैनन् ।

    यसअघि आयोगमा १३६ वटा दल दर्ता थिए भने अब आयोगको याे निर्णयसँगै निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरूको संख्या ९५ वटामा सीमित भएको छ ।

    हेर्नुुस् सूची
    1_XCUQ1mNhHg.jpg2_SPfHVgbtHV.jpg3_ApSOz2P3G2.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार