Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल समुहलाई सरकारमा ल्याउने प्रचण्डकाे कसरत के का लागि ?


    मंगलबार, साउन १९ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले माधव नेपाल समूहलाई अन्तिम घडी सम्म पर्खु पर्ने बताउँदै प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल मन्त्रिपरिषद् विस्तार गर्न राेक लगाएका छन् ।

    माधव नेपालले आफू सरकारमा सहभागी नहुने कुरा बताइरहदाँ पनि प्रचण्ड भने नेपाल समूहलाई  सरकारमा सहभागी गराउनपर्छ भन्ने अडानमा छन् । 

    प्रचण्डले आज बिहान माधव नेपालसँगकाे भेटमा यस विषयमा अन्तिम पल्ट छलफलमा गर्दै सरकारमा जान कन्भिन्स गराउने प्रयत्न गरे ।

    माधव नेपालले आफू सरकारमा सहभागी नहुने कुरा बताइरहदाँ पनि प्रचण्ड किन नेपाललाई कुरेर मन्त्रिपरिषद् विस्तार गर्न ढिलाई गरिरहेका छन् भन्ने प्रश्न अहिले उब्जिन थालेको छ ।

    माओवादी केन्द्रका एक सांसदका अनुसार प्रचण्डले आफ्नो स्वार्थका कारण माधव नेपाल समूहलाई सरकारमा लान कसरत गरिरहेका छन् ।

    ती सांसदले भने , “कमरेड प्रचण्डले एमालेका अध्यक्ष केपी ओली संग को ईगोका कारण माधव नेपाललाई सरकारमा जान आग्रह गरिरहेका हुन् । यदी माधव नेपाल समूह सरकारमा गयो भने केपी ओलीले कारवाही गर्नैपर्छ र कारवाही गर्नु भनेको पार्टी फुट्नु हो । यदि एमाले फुट्यो भने माओवादी केन्द्रलाई ठूलो फाईदा पुग्नेछ साथै केपी ओली पतन पनि हुनेछन । यहि कारण प्रचण्डले जसरी पनि माधव नेपाललाई सरकारमा सहभागी गराउन खोजिरहेका छन् ।”

    यदि माधव नेपाल समूह सरकारमा नगए केपी ओलीले अघिल्ला गल्तीहरुलाई माफी दिएर पार्टी मिलेर चलाउन पहल चालिरहेका छन् । माधव नेपाल समूह र केपी ओली एक भएमा एमाले पार्टीको बर्चस्व कायम नै रहने हुँदा माओवादी केन्द्रलाई ठूलो धक्का पर्ने सक्ने आकलन गरेर प्रचण्डले माधव नेपाललाई सरकारमा लैजान कोशिष गरिरहेका छन् ।

    माधव नेपाल समूहका शिर्ष नेताहरुले अहिले सरकारमा जानु गलत निर्णय हुने बताईसकेका छन् तर प्रचण्ड र उपेन्द्र यादवले नेपाल समूहका केहि सांसदहरुलाई उचालेर सरकारमा जान आग्रह गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार