Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले देखिएन एकताको छाँटकाँट, नेपाल समूहसँग सहमति नहुँदै पार्टीका ९ वटा विभाग गठन


    सोमबार, साउन १८ २०७८
    980
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेको सोमबार बसेको स्थायी कमिटी बैठकले पार्टीका ९ वटा विभाग गठन गरेको छ ।

    पार्टी एकताको माहोल बनेको खण्डमा अन्य विभागमा नेपाल समूहलाई समेट्न सकिने एमाले प्रवक्ता प्रमुख प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।

    एमालेले गठन गरेको विभागमा संगठन विभाग, संसदीय विभाग, आर्थिक विभाग, प्रचार विभाग, पर्यटन प्रबद्र्धन विभाग,स्कुल विभाग, विदेश विभागलगायतका रहेका छन् ।

    उपमहासचिव विष्णु पौडेलको संयोजकत्वमा १४ सदस्यीय संगठन विभाग, स्थायी कमिटी सदस्य सुवास नेम्वाङको संयोजकत्वमा १४ सदस्यीय संसदीय विभाग, स्थायी कमिटी सदस्य विष्णु रिमालको संयोजकत्वमा २ सदस्यीय आर्थिक विभाग, सविच प्रदीप ज्ञवालीको संयोजकत्वमा १५ सदस्यीय प्रचार विभाग, भानुभक्त ढकालको संयोजकत्वमा पर्यटन विभाग, अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा स्कुल विभाग गठन गरिएको छ ।

    यस्तै डा. राजन भट्टराईको संयोजकत्वमा विदेश विभाग, अग्नि खरेलको संयोजकत्वमा निर्वाचन विभाग र स्थाननीय तह विभाग गठन गरिएको छ । एमालेको विधानमा २५ वटा विभाग गठन गर्ने व्यवस्था भए पनि हाललाई ९ वटामात्र विभाग गठन गरिएको ज्ञावलीले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार