Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • दार्चुला घटनामा गृहमन्त्रीले भने, ‘जस्तो प्रतिवेदन आउँछ सोही अनुसार सरकारले कदम चाल्छ’


    सोमबार, साउन १८ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । दार्चुलामा तुइनबाट खसेर एक नेपालीको मृत्यु भएको घटनामा गृहमन्त्री बालकृष्ण खाँणले सरकार गम्भीर रहेको बताएका छन् ।

    उनले घटनाको छानबिनका लागि समिति गठन भैसकेकाे जानकारी दिँदै उक्त समितिको प्रतिवेदन पर्खन पनि आग्रह गरेका छन् ।

    राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाँणले धैर्य गर्न पनि आग्रह गरे ।

    उनले घटनाबारे छानबिन गर्न समिति सक्रिय भइसकेको र १० दिनभित्र प्रतिवेदन आउने पनि जानकारी दिए ।

    उनले छानबिन प्रतिवेदन जस्तो आउँछ सोही अनुसार सरकारले कदम चाल्ने बताए ।

    शुक्रबार भारतीय एसएसबीले तुइन काटिदिएपछि दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका थिए। उनको अहिलेसम्म पत्तो लागेको छैन ।

    भारतीय ज्यादतीबारे बोल्न नसकेको आरोप लगाउँदै सांसदहरुले गृहमन्त्रीलाई प्रश्न सोधेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार