Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • माओवादीभित्र आन्तरिक झमेला, स्थायी समितिको बैठक स्थगित


    सोमबार, साउन १८ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ।

    आज दिउँसो ३ बजे पेरिसडाँडामा बस्न  तय गरिएको बैठक आन्तरिक तयारीका लागि भन्दै स्थगित भएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले बताए।आजको बैठकबाट सरकारमा सहभागी मन्त्रीको नाम टुंगो लगाउने तयारी थियो । यसअघि आइतबार पनि पार्टीको स्थायी समिति बैठक बसेको थियो।

    कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा हाल जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री छन्। शर्माले अर्थ मन्त्रालय र भुसालले ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन्। माओवादीले अझै सात मन्त्रालय पाउने सम्भावना रहेको नेताहरुको दाबी छ। 

    हाल सरकारमा कांग्रेसको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ र माओवादीको तर्फबाट अर्थमन्त्री जनार्दन शर्मा र उर्जामन्त्रीमा पम्फा भुसाल मात्र सरकारमा सहभागी छन्। गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले अझै पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन्।

    स्रोतका अनुसार माओवादीबाट मन्त्रीका लागि नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, हरिराज अधिकारी, देवप्रसाद गुरुङ, मातृका यादव, जयपुरी घर्ती, अञ्जना विशंखे ,शशी श्रेष्ठ, सुदन किराती, अमनलाल मोदी, शिवकुमार मण्डल लगायतको नाम चर्चामा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार