Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • साउन ३० भित्र सबै वडासमिति गठन गर्न माओवादी केन्द्रको निर्देशन


    आइतबार, साउन १७ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रकाे आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले साउन ३० गतेभित्र वडा कमिटीहरु गठन गर्न निर्देशन दिएको छ ।

    बैठकले २० साउनमा बोलाइएको केन्द्रीय कमिटी बैठकलाई १० दिनपछि सारेको हाे । साथै ३० साउनभित्र पार्टीको वडा कमिटीहरु गठन गरेर अद्यावधिक विवरण सम्बन्धित कमिटीबाट लिएर आउन निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।

    त्यस्तै बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे समेत छलफल भएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार